Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, कसरी भर्ने ? – Lekhanpeeth

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, कसरी भर्ने ?

469
0
Share:

काठमान्डौ/पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि इपिएस कोरिया शाखाले भाषा परीक्षा खुलाएको छ। शाखाले करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरेको हो । भाषा परीक्षा असोज १ गतेदेखि सुरु हुने इपिएस कोरिया शाखाले जनाएको छ ।

 

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबिच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गर्ने आवेदन फाराम दर्ता गर्नुहुन सूचना आह्वान गरिएको इपिएस कोरिया शाखाद्वारा आइतबार जारी सूचनामा भनिएको छ।

 

परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ भने आवेदक सङ्ख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने छ।

 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैर कानुनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिसामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।

 

सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन्। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

 

‘कोरियन भाषा परीक्षा उत्तीर्ण हुन भनेको रोजगारीको छनौट प्रक्रियामा सामेल हुन रोष्टरमा सूचीकृत हुने भएकाले शत प्रतिशत रोजगारीको ग्यारेन्टी भने नभएको जनाउँदै आफ्नो पेसा, व्यवसाय आदिलाई निरन्तरता दिन पनि शाखाले आग्रह गरेको छ।

EPS korea1690680133.jpg

Share: