Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन’ : प्रधानमन्त्री ‘प्रचण्ड’ – Lekhanpeeth

‘भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन’ : प्रधानमन्त्री ‘प्रचण्ड’

280
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अरू धेरै फाइल खोल्दै जाने बताएका छन्। समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ग्राउण्डबाट समर्थन भएपछि मात्रै ब्याटल जित्न सकिने उनको भनाइ छ।

 

उनले भने, ‘अहिले हामीले भ्रष्टाचार विरोधी र राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने बेथितिका विरुद्ध वा तस्करीको विरुद्धका प्रयास छेडिएकै छ। म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु यो कदम यही रोकिने वाला छैन। यो कदम निरन्तर बढ्ने वाला छ।’

 

‘राष्ट्रको एकता र समाजवादको निर्माणको लागि यो लडाई जित्नै पर्छ। हामीले यो लडाई नजितेसम्म हामीले परिकल्पना देखेको समाजवाद तयार हुन सक्दैन। यो कुनै राजनीतिक स्टण्ड होइन। यो आम जनताको बृहत्तर हितको लागि हो। यो लडाई सुरु भएको छ यसको पक्षमा सरकारलाई तपाईँहरुले जुन साथ दिनुभएको छ हेर्दै जानुहोला आउने दिनमा अरू फाइल खुल्नेवाला छन्, र ग्राउण्डबाट समर्थन नभएसम्म सरकार र प्रधानमन्त्रीले मात्रै जित्ने ब्याटल होइन्,’ प्रचण्डको भनाई छ

Share: