Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
५ वटा जहाज खरिद गर्दै छौँ : मन्त्री किराती – Lekhanpeeth

५ वटा जहाज खरिद गर्दै छौँ : मन्त्री किराती

357
0
Share:

काठमान्डौ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पाँच वटा जहाज खरिद गर्न लागेको बताएका छन्। नेपाल वायु सेवा निगमले नयाँ र पुराना गरी पाँच वटा जहाज खरिद गर्न लागेको मन्त्री किरातीले बताए।

 

झापाको बिर्तामोडमा आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

 

आफूले मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वाल टाल्ने काम गरेको उनको दाबी थियो। जसले गर्दा चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको मन्त्री किरातीले बताए।

Share: