Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेकपा एसको सचिवालय बैठक बस्दै – Lekhanpeeth

नेकपा एसको सचिवालय बैठक बस्दै

275
0
Share:

काठमान्डौ/नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

 

पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति र स्थान तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो ।

 

समाजवादीले यही साउन १६/१७ गते स्थायी कमिटी, १८ /१९ गते पोलिटब्यूरो र २०/२१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो तर प्राविधिक कारण जनाउँदै ती बैठक स्थगित गरेको छ ।

 

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ ।

 

बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्य योजना पारित गरिने छ ।

Share: