Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण – Lekhanpeeth

मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

Share:

काठमान्डौं/कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

 

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीत्रय आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुलाई कार्यविभाजनसहित प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराए।

Share: