Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ – Lekhanpeeth

सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Share:

काठमान्डौ/सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् ।

 

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराएका थिए । कैलाश चौधरी नागरिक उन्मुक्ति पार्टी कैलाली(१ ९क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Share: