आफ्नो हित सुरक्षित भएमा रुस ‘ब्ल्याक सी’ सम्झौता लागु गर्न तयार : पुटिन

185
0
Share:

काठमान्डौ/रुसी राष्ट्रपति भ्लादिमिर पुटिन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनबीच बुधबार भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ‘ब्ल्याक सी’ खाद्यान्न सम्झौतामा फर्कने बताएका छन् ।

 

दुई नेताले ‘ब्ल्याक सी’ बन्दरगाहबाट युक्रेनी खाद्यान्नको निर्यात र रुसी खाद्य र मलको निर्यात सुविधाको उद्देश्यका लागि गरिएको सम्झौता भएदेखि सम्झौता अन्त्य हुँदासम्मका विषयमा छलफल गरेका थिए ।

 

क्रेमलिनका अनुसार दुई नेताबीच भएको भर्चुअल वार्तामा पुटिनले एर्दोगानलाई खाद्यान्न सम्झौताको रुसी भागको कार्यान्वयन बिना सम्झौताको विस्तार अर्थहीन रहेको बताएका थिए ।

 

सम्झौतामा उल्लेखित ‘पश्चिमा मुलुकले आफ्ना सबै दायित्व पूरा गर्ने बित्तिकै’ रुस सम्झौतामा फर्कने रुसी नेता पुटिनले बताए । दुवै नेताले रुसी खाद्यान्न आवश्यक परेका देशहरूमा आपूर्ति गर्न सकिने वैकल्पिक तरिकाहरूबारे पनि छलफल गरेका थिए ।

 

दुवै पक्ष दुई नेताको सम्भावित आगामी बैठकको तयारीसहित विभिन्न तहमा सम्पर्कलाई निरन्तरता दिन सहमत भएका छन् ।

Share: