ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो

153
0
Share:

काठमान्डौ/ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने संक्रमण ललितपुरमा फैलिँदै गएको हो ।

 

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा। निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार ४३१ पशु संक्रमित भएका छन् । संक्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । उनका अनुसार संक्रमण बढ्दो क्रममा रहेको छ ।

 

केन्द्रले थप क्षति नहोस् भनेर सजगता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइसकेको बताए । गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ संक्रमित संख्या २९६ पुगेको छ ।

 

‘उपत्यकामा कूल संक्रमित पशुको संख्या १२ हजार ८७३ पगेको छ’, डा. निशाले भने, ‘गाईभैँसी संक्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको संख्या १७४ पुगेको छ ।’ उपत्यकाभरका १७ हजार ९८८ गाईभैँसीलाई खोप लगाइसकेको उनले बताए ।

Share: