
काठमान्डौ/बिहीबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी भने प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो ।