
काठमान्डौ/हप्ताको अन्तिम दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन अर्थात् हिजो बिहीबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।