Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइतबार सुनचाँदीको मूल्य कति ? – Lekhanpeeth

आइतबार सुनचाँदीको मूल्य कति ?

192
0
Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य सामान्य घटेको छ । शुक्रबार रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँ घटेको हो ।

 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्म कै उच्च हो ।

 

त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी आज आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: