Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
साताको पहिलो दिन सुनको मूल्य बढ्यो, चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

साताको पहिलो दिन सुनको मूल्य बढ्यो, चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

414
0
Share:

काठमान्डौ/हप्ताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: