सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

264
0
Share:

काठमान्डौ/सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी लगातार तीन दिनदेखि स्थिर रहेको छ । शुक्रबारदेखि प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Share: