सभामुखसहित शीर्ष नेताहरू पुनः छलफलमा

314
0
Share:

काठमान्डौ/सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको बैठक पुन सुरु भएको छ । सोमबार अपराह्नमा काठमाडौँको बानेश्वरस्थित संसद भवनमा सभामुख घिमिरे र शीर्ष नेताहरूबीचको बैठक सुरु भएको हो ।

 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

 

संसद सुरु गर्ने विषयमा सभामुख घिमिरेको पहलमा बैठक सुरु भएको हो । यसअघि सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूबीचको बैठक भएको थियो। तर सहमति नभएपछि फेरि बैठक बस्ने गरी स्थगित गरिएको थियो ।

 

अहिले उनीहरूबीच बैठक जारी छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ ।

Share: