Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अफगानिस्तानमा विषाक्त खानाका कारण कम्तीमा २०० जना विरामी – Lekhanpeeth

अफगानिस्तानमा विषाक्त खानाका कारण कम्तीमा २०० जना विरामी

272
0
Share:

काठमान्डौ/अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी परेका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए ।

 

सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ ।घटनाबारे अनुसन्धान भइरहेको भन्दै बिस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए । यसैबीच, गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४०० जना बिरामी परेको दाबी गरे ।

Share: