एमालेले तोक्यो गण्डकी प्रदेशको अधिवेशन मिति

Share:

काठमान्डौ/नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने भएको छ ।

 

प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए ।

 

अन्य ६ प्रदेशले भने यसअघि नै अधिवेशनको मिति तय गरिसकेका छन् ।

Share: