एमालेको अवरोधपछि संसद् बैठक पर्सि सम्मका लागि स्थगित

280
0
Share:

काठमान्डौ/प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ । आज बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि स्थगित गरिएको हो ।

 

बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए । सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगे ।

 

त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

 

Share: