Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कुटपिटबाट युवकको मृत्यु, दुई जना पक्राउ – Lekhanpeeth

कुटपिटबाट युवकको मृत्यु, दुई जना पक्राउ

Share:

काठमान्डौ/पर्सामा १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारी हुन् ।

 

वकिल महमद अंसारी र अली महमद अंसारीबीच शनिबार राति झै-झगडा तथा कुटपिट भएको थियो। उनीहरु बीच झगडा हुँदा मियाले चिर्पटले प्रहार गर्दा जमुदिन गम्भीर घाइते भएका थिए । घाइते जमुदिनको नारायणी अस्पताल वीरगंज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

उक्त अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अंसारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्राउ गरी घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरेको छ ।

Share: