Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
श्रीमतीको हत्या आरोपी पूर्णबहादुर प्रहरी नियन्त्रणमा – Lekhanpeeth

श्रीमतीको हत्या आरोपी पूर्णबहादुर प्रहरी नियन्त्रणमा

228
0
Share:

काठमान्डौ/श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

 

निज तामाङलाई हाल इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जवेगुले बताए । पाँचथर, हिलिहाङ गाउँपालिका– ७ तम्फुवा घर भई हाल सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा भाडामा बस्ने वर्ष ५० वर्षका तामाङले सामान्य विवादपछि घरेलु हतियार (बामफोक) प्रहार गरी ४५ वर्षीया श्रीमती डम्बर कुमारीको हत्या गरेका थिए ।

Share: