Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कानुनमन्त्री गुरुङ अस्पताल भर्ना – Lekhanpeeth

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

259
0
Share:

काठमान्डौ/कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरुङलाई ब्लड प्रेसर लो भएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिए ।

 

मन्त्री गुरुङलाई हाल साे सेन्टरका निर्देशक डा रत्नमणि नेतृत्वको टोलीले उपचार गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वकीय सचिव केसीले बताए ।

Share: