Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धनराज गुरुङसंग सीआईबीले लियो दोस्रो पटक बयान – Lekhanpeeth

धनराज गुरुङसंग सीआईबीले लियो दोस्रो पटक बयान

197
0
Share:

काठमान्डौ/ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेस उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङसंग दोस्रो पटक बयान लिएको छ ।

 

सीआईबीको टोलीले मंगलबार गुरुङमाथि मितेरी सहकारी ठगी प्रकरणबारे बयान लिएको हो । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले गुरुङमाथि मितेरी सहकारी ठगी प्रकरणबारे दोस्रँे पटक बयान लिइएको बताए । गुरुङमाथि साढे १२ बजेदेखी दिउँसो ५ बजेसम्म सीआईबीले सोधपुछ गरेको थियो ।

 

यसअघि २८ कात्तिकमा सीआईबीले गुरुङमाथि बयान लिएको थियो । मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीका उजुरी दिएका थिए ।

 

त्यसपछि यो सहकारीको अनुसन्धान सीआईबीले सुरु गरेको थियो । मितेरी सहकारी ठगी प्रकरणमा गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध रेड नोटिस समेत जारी भएपनि उनीहरु पक्राउ पर्न सकेका छैनन् ।

Share: