एकैदिन अस्ट्रेलिया उडे तीन फुटबलर

238
0
Share:

काठमान्डौ/नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका तीन फुटबलर अस्ट्रेलिया उडेका छन् । उनीहरु बिहीबार एकै दिन अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

 

मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवान अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन् । उपरकोटी लगातार राष्ट्रिय टोलीमा थिए। यसअघि दुई दिनअघि मात्र गत शहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।

 

उनीहरू अस्ट्रेलियामा स्थानीय क्लबबाट खेल्ने गरी त्यहाँ पुगेको बताइएको छ । पछिल्लो एक वर्षमा सुजल श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, सन्तोष तामाङ, तेज तामाङ, विशाल राईलगायत खेलाडीहरू अस्ट्रेलिया गएका छन् ।

 

Share: