Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु – Lekhanpeeth

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

404
0
Share:

काठमान्डौ/राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।

 

सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियोे । सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् । यसअघि शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बिएसएफ)का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

Share: