Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एक लाख बाढीपीडितको स्थानान्तरण – Lekhanpeeth

एक लाख बाढीपीडितको स्थानान्तरण

212
0
Share:

काठमान्डौ/पाकिस्तानको पञ्जाब प्रान्तका बाढीग्रस्त गाउँहरूबाट करिब एक लाख पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आइतबार सतलज नदीमा आएको बाढीले प्रदेशको मध्य भेगका सयौं गाउँ र खेती गरिएको हजारौं एकड जमिन डुबाएको आपत्कालीन सेवाका अधिकारीहरूले बताएका छन् ।

 

पञ्जाब सरकारका प्रमुख मोहसिन नक्वीले मूसलधारे वर्षाका कारण भारतीय अधिकारीहरूले सतलज नदीमा जलाशयको निकास खोलेपछि सीमाको पाकिस्तानी भूभागमा बाढी आएको बताए । बाढीको पानीमा हेलिँदै आफ्नी श्रीमती र तीन छोराछोरीसहित राहत शिविरमा पुगेका २९ वर्षीय कासिफ महमूदले आफ्नो गाउँ बाढीबाट सर्वाधिक प्रभावित भएको दुखेसो एएएफपी प्रतिनिधिसँग पोखेका छन् ।

 

करिब दुई अर्ब जनसङ्ख्या भएको दक्षिण एशियाली क्षेत्रमा लाखौँ किसानले लगाएको बाली बाढीले बगाउँदा जीविकोपार्जनका साथै खाद्य सुरक्षाको सुनिश्चितता चुनौती बनेको छभने लाखौँलाई विस्थापित पारेको छ । वर्सेनि बाढीपहिरोबाट जनधनको व्यापक क्षति हुने गरेको छ ।

 

‘हामीले एक लाख गाउँलेलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छौँ’ यो वर्ष बाढी पहिरोमा परी एक सय ७५ जनाले ज्यान गुमाएका जानकारी दिँदै पञ्जाब प्रान्तका आपत्कालीन सेवाका प्रवक्ता फारुक अहमदले एएफपीलाई भनेका छन् ।

Share: