राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच शीतल निवासमा भेटवार्ता

251
0
Share:

काठमान्डौ/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता लागि ओली बुधबार शीतल निवास पुगेका हुन् । उनीहरूबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 

राष्ट्रपति पौडेलले संसद्को अवरोधप्रति चासो राख्दै यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनासँग छलफल गरेका थिए । साउन १० यता एमालेले सदन अवरुद्ध गर्दै आएको छ । राष्ट्रपतिले ओलीसँग पनि सदनकै विषयमा चासो राखेको बताइएको छ ।

Share: