Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज काठमाडौँका यी ८ क्षेत्रमा ५ घन्टा विद्युत अवरुद्ध हुने – Lekhanpeeth

आज काठमाडौँका यी ८ क्षेत्रमा ५ घन्टा विद्युत अवरुद्ध हुने

210
0
Share:

काठमान्डौ/आज काठमाडौँका ८ स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले काठमाडौँका विभिन्न ८ स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्तिमा अवरोध आउने भएको हो।

 

टेकु स्युचाटार ६६ केभी. लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेको अहिलेको १३२ के.भी. मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरुद्ध प्राधिकरणले जानकारी दिएकोछ ।

 

बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ। त्यस्तै ज्ञानोदय, गाई-बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

 

सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरुद्ध हुने छ। त्यस्तै दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्र नगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले बताएको छ।

Share: