Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : महामन्त्री थापा – Lekhanpeeth

पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : महामन्त्री थापा

239
0
Share:

काठमान्डौ/नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् ।

 

इलामको फिक्कलमा आज आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गरे।

 

विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उहाँको भनाइ छ । ‘सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ । सङ्घर्ष गर्छौँ, पार्टी बदलेरै छाड्छौँ’, महामन्त्री थापाले भने, ‘कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।’

 

पार्टी सत्ता र राज्य सत्ताको नेतृत्वमा पटकपटक एउटै मान्छे पुगे पनि कुनै रुपान्तरण नभएकाले अब कांग्रेस नयाँ तरिकाका साथ जाग्नुपर्ने उहाँको भनाइ छ । “स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौँ ।’ उनले भने, ‘तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् ।

 

यहि तरिकाले ८४ को आम चुनावमा ठूलो पराजयको सिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्र्ने ?’आउँदो चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने थापाको भनाइ छ ।एकल बहुमत ल्याउन आजकै मितिबाट पार्टीलाई नयाँ ढङ्गमा बदलेर लैजान जरुरी भएको उनले बताए ।

Share: