Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित – Lekhanpeeth

न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित

327
0
Share:

काठमान्डौ/युएईले ऐतिहासिक रूपमा न्युजिल्यान्डमाथि पहिलो जित निकालेको छ। ३ खेलको टी-२० सिरिजको दोस्रो खेलमा युएईले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको हो।कुनै पनि फर्म्याटमा युएईले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो। न्युजिल्यान्डले पनि’नन-टेस्ट प्लेइङ नेसन’ विरुद्ध पहिलो पटक हार भोग्यो। उसले टेस्ट नखेल्ने देश विरुद्धको ३९ औ खेलमा पहिलो पटक पराजय भोग्यो।

 

दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। उसका लागि मार्क चाम्पम्यानले सर्वाधिक ६३ रन बनाउँदा चाद बौउरले २१ रन बनाए।

 

त्यस्तै, जेम्स निशमले २१ रन बनाएका थिए अन्य खेलाडीले भने दोहोरो स्कोरको रन बनाउन सकेनन्। न्युजिल्यान्डका ७ खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। युएईका लागि आयान अफजाल खानले ३ विकेट लिँदा मुहम्मद जवादुल्लाहले २ विकेट लिए। त्यस्तै, अली नसिर, जाहुर खानमोहमेद फराजुद्दिनले समान १-१ विकेट लिए। १ सय ४३ रनको लक्ष्य पछ्याएको युएईले १५।४ ओभरमानै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

 

युएईको जितमा कप्तान मुहम्मद वासीमले ५५ रन बनाउँदा आसिफ खान ४८ रनमा अविजित रहे। त्यस्तै, भृत्या अर्विन्दले २५ रन बनाउँदा बसिल हमेद १२ रनमा अविजित रहेका थिए। युएईको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरी भएको छ। अब यी दुईबीच निर्णायक खेल आज साँझ हुँदै छ।

Share: