Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाबुरामले दिए सीआईबीलाई बयान – Lekhanpeeth

बाबुरामले दिए सीआईबीलाई बयान

284
0
Share:

काठमान्डौ/पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई जानकारी दिएका छन् ।

 

भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई बताएको उल्लेख गरेका छन्।

 

भट्टराईले सोमबार बिहान एक ट्वीट गर्दै लेखेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे सत्य तथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ! ‘यो मुद्दा सफल टुङ्गोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’

Share: