Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हिमाल बोहोराले गरे अनेरास्ववियुु रामेछापको अध्यक्षमा उम्मेदवारी घोषणा – Lekhanpeeth

हिमाल बोहोराले गरे अनेरास्ववियुु रामेछापको अध्यक्षमा उम्मेदवारी घोषणा

315
0
Share:

काठमान्डौ/मन्थली नगरपालिका-१०,चनखु निवासी विद्यार्थी नेता हिमाल बोहोराले नेकपा एमाले निकट अनेरास्ववियु रामेछापको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले केही दिनअघि अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

२०६६ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका बोहोराले दुई वर्ष अनेरास्ववियुको प्रारम्भिक कमिटीको जिम्मेवारी सम्हालेका थिए । बोहोरा २०६८ सालमा इलाका कमिटी सदस्य बनेका थिए । त्यस्तै २०६९ सालमा क्षेत्रीय कमिटी सदस्य बनेका बोहोराले २०७८ क्षेत्रिय कमिटी सदस्य सह–सचिवको जिम्मेवारी पूरा गरिसकेका छन् भने हाल क्षेत्रिय कमिटी सदस्य सह–संयोजकको रुपमा काम गरिरहेका छन् ।

 

राजनीतिमा होम्मिएदेखि नै बोहोराले विद्यार्थी अधिकारका लागि सक्रिय रुपमा काम गर्दै आइरहेका छन् । अनेरास्ववियु रामेछापको १३औं जिल्ला अधिवेशन तथा प्रथम अखिल महोत्सव आज र भोलि हुँदैछ ।

Share: