Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेसको अनुशासन समितिमा सदस्यहरु मनोनित – Lekhanpeeth

कांग्रेसको अनुशासन समितिमा सदस्यहरु मनोनित

282
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरु मनोनित गरेका छन् ।

 

सभापति देउवाले आज समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ ।

 

त्यसैगरी, पार्टीको विधान बमोजिम कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Share: