Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ – Lekhanpeeth

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

275
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

 

समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।

 

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो ।

 

विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन् । श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।

Share: