आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

239
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

 

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

 

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरू समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुङ्गिन बाँकी छ ।

Share: