अभिनेता ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

182
0
Share:

काठमान्डौ/दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गररेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ ।

 

निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गररेको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए ।

 

उनले भने, ‘अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गरेको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौँ । यसमा उनको आवरण (लुक्स) सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ ।’ निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताए ।

 

अभिनेता ताम्राकारले बर्दियाको छायाङ्कन तालिका पूरा गरेर काठमाडौँको सुरुआत गररेका थिए । प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जलि (ट्रिब्युट टु सारुक) कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने जानकारी दिए । बर्दियाको छायाङ्कन तालिका सकिएसँगै काठमान्डौमा छायाङ्कनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गररेका थिए । चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका ताम्राकारको निर्देशक बन्ने योजना थियो ।

Share: