
काठमान्डौ/नेपाली बजारमा बुधबार आज सुन–चाँदीको भाउ सामान्य बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला १ हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।