
काठमान्डौ/काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।
बस दुर्घटनामा परि घाइते भएकाहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।