Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा – Lekhanpeeth

सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा

Share:

काठमान्डौ/कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताएका छन् । कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सहमति र सहकार्यको विकल्प नरहेको बताए ।

 

जनताको चाहना र आवश्यकता पूरा गर्न सदन र सरकार आपसी सल्लाह, सहमति र सहकार्यबाट सञ्चालन गर्न प्रतिपक्ष दलका नेतालाई आग्रह पनि गरे । सरकारले हालै विश्वासको मत लिने प्रक्रियालाई लिएर विपक्षी दल नेकपा (एमाले) सर्वोच्च अदालत जाने भन्ने विषयमा गरिएको प्रश्नमा उनले भने, ‘सर्वोच्च अदालतको जे फैसला आउँछ त्यसलाई शिरोधार्य गर्ने छु ।’

 

चालु आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेट पास गराउन आफू सकारात्मक रहेको र यसका लागि प्रमुख प्रतिपक्ष दलको भूमिका पनि सकारात्मक हुनुपर्ने भन्दै मुख्यमन्त्री थापाले बजेट पास गराउने समय अझै पनि रहेकाले यसमा प्रतिपक्ष दलहरू गम्भीर हुुनुपर्ने प्रतिक्रिया दिए।

Share: