संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

Share:

काठमान्डौ/संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन् । दलहरूबीच नेपाली कांग्रेसले ४, नेकपा (एमाले) ३, नेकपा (माओवादी केन्द्र) २, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १/१ समितिको सभापति पाउने गरी सहमति भएको छ ।

Share: