सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार (आजको बजार मूल्यसहित)

258
0
Share:

काठमान्डौ/साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।

 

बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो ।

Share: