सचिव राउतविरुद्ध पनि किर्ते कसुरमा मुद्दा दायर

182
0
Share:

काठमान्डौ/बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नाम नदिएका राउतविरुद्द पनि मुद्दा दायर भएको हो ।

 

सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेपनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको छ । सरकारी वकिल कार्यालयले राउतविरुद्ध सरकारी किर्तेको कसुरमा उनीविरुद्ध मुद्दा लगाएको हो ।

Share: