सुनको मूल्य बढ्दा चाँदी घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

177
0
Share:

काठमान्डौ/आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

 

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: