Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तत्काललाई राप्रपा कार्यालय नभत्काउन उच्च अदालतको आदेश – Lekhanpeeth

तत्काललाई राप्रपा कार्यालय नभत्काउन उच्च अदालतको आदेश

259
0
Share:

काठमान्डौ/उच्च अदालत पाटनले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।

 

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी गरेको हो ।

 

घर भत्काउनेबारे एकजना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्कालाई नभत्काउन अन्तरिम आदेश भएको हो । दुवै पक्षलाई झिकाएर छिटो फैसलाका लागि अग्राधिकार दिने पनि आदेश भएको छ ।

Share: