Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमसीसी कार्यान्वयनविरुद्ध विप्लवद्वारा आन्दोलनको घोषणा – Lekhanpeeth

एमसीसी कार्यान्वयनविरुद्ध विप्लवद्वारा आन्दोलनको घोषणा

276
0
Share:

काठमान्डौ/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो ।

 

पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ १९ गतेबाट नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देहीमा २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम तय भएको नेता अनिल शर्माले बताए ।

 

यस्तै, असोज १ गतेदेखि लप्सेफेदीबाट सुरु हुने एमसीसीविरुद्ध मार्चपास अभियान १५ गते पाल्पामा गएर टुंगिने छ । बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि सामान्य छलफल भएको थियो ।

Share: