घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

287
0
Share:

काठमान्डौ/हप्ताको अन्तिम दिन आज सुनचाँदीको मुल्य घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर आज चाँदी एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Share: