Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमाले लुम्बिनी अध्यक्षमा कँडेल र रिजालको उम्मेदवारी – Lekhanpeeth

एमाले लुम्बिनी अध्यक्षमा कँडेल र रिजालको उम्मेदवारी

231
0
Share:

काठमान्डौ/नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनानए उम्मेदवारी दिएका छन्। आइतबार बेलुकासम्म राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म छ ।

 

सहमतिको प्रयास असफल भएपछि त्यहाँ चुनाव हुने निश्चित भएको हो। प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएका थिए। उनको निर्देशनपछि नेताहरुले प्रयास पनि गरेका थिए। तर त्यो सफल हुन सकेन।

 

दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार भएनन्। कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्।

Share: