Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन – Lekhanpeeth

सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

195
0
Share:

काठमान्डौ/श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरोमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलङ्काली वैदेशिक रोजगारीका लागि प्रस्थान गरेको र यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताए ।

 

यसैबीच विदेशमा रहेका श्रीलङ्कालीहले सन् २०२३ को पहिलो छ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन् । कामदारहरूको विप्रेषण श्रीलङ्काको विदेशी मुद्रा आयको एक प्रमुख स्तम्भ भएको छ । यसले बढ्दो व्यापार घाटाविरुद्ध पर्याप्त योगदान प्रदान गर्दछ र देशको बाह्य क्षेत्रको लचिलोपनलाई बढावा दिन्छ ।

Share: