नेप्से ७ अकंले बढ्यो

171
0
Share:

काठमान्डौ/आइतबार दोहोरो अ।कले घटेको शेयर बजार आज भने सामान्य अंकले सुधार भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ०४ अंकले बढेर १,९६७ को विन्दुमा कायम भएको हो । आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज फाइनान्स बाहेक सबै उपसूचक बढेका छन् ।

 

आज दिनभरिमा २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चर्सका लगानीकर्ताले ९ दशलमव ९५ प्रशिततका दरले कमाएका छन् ।

 

आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् । कुमारी धनबृद्धि योजनाका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

Share: