Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकी सेनाको टोली आज काठमाडौँ आउँदै – Lekhanpeeth

अमेरिकी सेनाको टोली आज काठमाडौँ आउँदै

218
0
Share:

काठमान्डौ/अमेरिकी सेनाको एक टुकडी आज काठमाडौँ आउँदैछ । दुई देशका सेनाबीच सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ९जेसीईटी० ब्यालेन्स नेलको ४०औं संस्करणमा सहभागी हुन अमेरिकी सेना आज काठमाडौँ आउन लागेको हो ।

 

यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

Share: