केही नभएकालाई सहकारीको स्वामित्वसँग जोड्नुपर्छ : अध्यक्ष ओली

97
0
Share:

काठमान्डौ/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्त्वलाई गाउँगाउँमा पुर्याउनुपर्ने बताएका छन् । ललितपुरस्थित पार्टी मुख्यालयमा एमाले सहकारी तथा गरिबी निवारण विभागले आज ‘सहकारीकर्मीहरूसँग केपी ओली’ कार्यक्रममा उनले सहकारीको महत्त्व गाउँका किसानसम्म पुर्याउनुपर्नेमा जोड दिए । उनले गरिबी हटाउनका लागि ठूलो मात्राको उत्पादनमा सहभागी हुनुपर्ने भनाइ राखे ।

 

अध्यक्ष ओलीले केही पनि नभएका मानिसलाई सहकारीको स्वामित्वमा जोड्नुपर्ने बताउनुभयो । ‘हरेक मानिस सहकारीको स्वामी हुन सक्दछ । ऊ त्यसमा सहभागी मात्र होइन । त्यो मानिस आफैँ स्वामी पनि हुन सक्दछ । त्यो विधि कसरी अपनाउने ?’, उनले भने, ‘उसको श्रमले नै सहकारीको हिस्सेदार बनाउनुपर्दछ । परिवार, व्यक्तिको स्वामित्व सहकारीसँग जोडिनुपर्दछ ।

 

अध्यक्ष ओलीले राष्ट्रिय राजनीति र निर्देशित राजनीति रहेको उल्लेख गर्दै एमालेको कित्ता राष्ट्रिय राजनीति रहेको बताए । उनले उद्यमीहरू अहिले अप्ठ्यारोमा परेको भन्दै बैंकहरूलाई पनि साहुजी भएर धितो लिलाम नगर्न आग्रह गरे । पहिले कोरोना भाइरसले गर्दा अप्ठयारोमा परे । अर्थतन्त्र धराशायी रहेको छ । सञ्चालन गर्ने पूँजी छैन । सञ्चालन गर्दागर्दै उद्योग धराशायी भएका छन् । अर्बांै खर्च गरेर उद्योग खोलेका छन्,’ उनले भने, ‘यस्तो बेला बैंकहरूले साहुजी भएर धितो लिलाम गर्ने होइन । उनीहरूलाई सप्रनका लागि समय दिनुपर्दछ । ऋण सञ्चालन खर्च थपिदिनुपर्दछ ।’

 

उनले सहकारी पनि अहिले अप्ठ्यारोमा रहेको बताए । उनले उत्पादन र विवरणलाई सन्तुलन गर्न सके गरिबी नहुने र समृद्धि हासिल गर्न सकिने बताए ।

Share: