नेपाल टेलिकमद्वारा ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सुरु, पहिलो हुने विजेताले ४० हजार पाउने

142
0
Share:

काठमान्डौँ/नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

 

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज २०८० भाद्र २४ बुधवारदेखि प्रारम्भ भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिने छ । विजेताहरूलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।

 

त्यसैगरी सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई रु।पाँच सयको टप अप प्रदान गरिने छ ।

 

नेपाली महिलाहरूको महान् चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीले अपेक्षा गरेको छ ।

Share: